Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेस क्रियाशिल सदस्यता विवाद सकियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको टाउको दुखाइको विषय बनेको क्रियाशिल सदस्यता विवाद सकिएको छ। क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्ग्याउँदै प्रतिवेदन बुझाएको छ।

यसअघि समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्वलाई जिम्मा दिइएको थियो। तर त्यहाँ समहति भएन।

त्यसपछि नयाँ छानबिन समिति बनाइयो। साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन्। विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएको छ।

सोमबार साँझ देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077