Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली कांग्रेस पौडेल समूहका जिल्ला सभापतिले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन्। क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्न लागिएको एक नेताले जानकारी दिए।

यसअघि उनीहरुले विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए। उक्त अल्टिमेटम आज सकिएकाले बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको ती नेताको भनाइ छ।

पौडेल समूहका जिल्ला सभापतिहरुको भेलाले साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेको थियो।

हालै मात्र कांग्रेसले क्रियाशील सदस्यता विवाद सकाएको छ। मंगलबार बेलुका छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077