Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पशुपतीले गाएको तीज गीतमा ‘दमौली काटेर’ बोलको गीतको भिडियो चोरी, कानूनी उपचार खोज्दै राजु

    पशुपतीले गाएको तीज गीतमा ‘दमौली काटेर’ बोलको गीतको भिडियो चोरी, कानूनी उपचार खोज्दै राजु

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 3.2K
    SHARES

    काठमाडौं। नेपाली लोक दोहोरी गायक राजु आरडीले गाएको गीतको भिडियो चोरी भएको छ।

    करिब दुई हप्ताअघि गायक आरडीले बजारमा ल्याएको गीत ‘दमौली काटेर लम्जुङ’मा समावेश गरिएको भिडियोको केही अंश चोरी भएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।



    गायक पशुपति शर्मा, राजु ढकाल, अर्जुन सापकोटालगायतले गाएको गीतमा आरडीले गाएको गीतको भिडियो चोरी भएको हो । आर डीको गीतमा प्रयोग गरिएको भिडियोको केही अंश हुबहु शर्मालगायतले गाएको ‘दाजुभाई तिज’ मा प्रयोग भएको छ ।



    दुबै भिडियोका निर्देशक मदन खड्का नै भएपनि आर डीको सहमतिविना खड्का र सापकोटाको मिलेमतोमा उक्त भिडियोको अंश चोरी भएको आरडीले आरोप लगाएका छन् । लाखौं खर्च गरेर बनाएको उक्त भिडियो जस्ताको त्यस्तै चोरी भएपछि मुख्य लगानीकर्ता मारमा पर्ने देखिन्छ । गायक आरडीले कानूनी उपचार खोज्ने पनि बताएका छन् ।

    आफ्नो गीतको भिडियो चोरी भएपछि सामाजिक सञ्जालमार्फत् आरडीले भनेका छन्,‘मेरो गीतको भिडियो फुटेज जस्ताको तस्तै मेरो अनुमति बिना समाबेश गरिएको छ।’ उनले आफ्नो आफ्नो गीतको भिडियो चोरीको छानबिन गर्न समेत माग गरेका छन्।

    यसैबिषयमा गायक आरडीले अनलाइन नेपालसँगको कुराकानीमा भने,‘गायक शर्मालगायतले गाएको गीतमा मेरो गीतको भिडियो चोरी भएको छ, सम्बन्धित पक्षले यसको सत्य छानबिन गरोस्, होइन भने म कानूनी उपचार खोज्न बाध्य हुनेछु ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार