Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सीमामा तस्करी, लागूऔषध कारोबार तथा अपराधलाई पूर्णरुपमा निस्तेज गर्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरीहरुलाई समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरुलाई निर्देशन दिँदै आईजीपी क्षेत्रीले उक्त निर्देशन दिएका  हुन्।

यस्तै, आईजीपी क्षेत्रीले सामाजिक हैसियतको ख्याल राखेर मिठो बोली बचन, ईमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायि हुँदै जिम्मेवारी वहन गर्न सिमा प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए।

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै आईजीपी क्षेत्रीले प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077