Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बदनाम भएपछि धितोपत्र बोर्डबाट राजीनामा दिए चन्द्र ढकालले

काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डको संचालक समितिका सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् ।

यसअघि मंगलबार मात्रै सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पनि पदबाट राजीनामा दिएका थिए।

ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका व्यवसायी ढकालले सर्वत्र आफ्नो बदनाम भएपछि बुधबारबाटै लागू हुने गरी राजीनामा दिएको बुझिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकाल पटक पटक थुप्रै विवादमा तानिदै आएका छन ।

धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको उनको भनाइ छ । तर, नेप्से अध्यक्ष साउदले राजिनामा दिएको भोलिपल्टै ढकालले राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077