Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अन्ततः एमाले फुटाउन सफल भए प्रचण्ड, अबको गुरुयोजना के ?

    अन्ततः एमाले फुटाउन सफल भए प्रचण्ड, अबको गुरुयोजना के ?

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड, नेपालको राजनीतिमा यो नाम एक इतिहास हो। दश वर्षे शसस्त्र द्वन्द्वमा माओवादीको कमाण्ड सम्हालेका प्रचण्डलाई उनका प्रशंसकहरुले गणतन्त्र नेपालको नायकका रुपमा पनि चित्रित गरेको पाइन्छ।

    जे भए पनि नेपालमा गणतन्त्र स्थापनामा उनको उल्लेख्य योगदान रह्यो। सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने।



    प्रचण्ड लामो समय नेपाली राजनीतिको केन्द्रमा रहे। जसका कारण उनी २०७घ सालमा दोस्रो पटक प्रधानमन्त्री बने। नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि उनी केही समय राजनीतिक क्षेत्रमा ओझेलमा परेको टिप्पणी गरिन थालियो। नेकपाभित्रको आन्तरिक कहलका कारण तत्कालिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह शुरु गरे।



    नेकपाभित्रको विद्रोहले नेपाली राजनीतिमा ठूलो उतारचढाव ल्यायो। त्यही विद्रोहका कारण दुईपटक प्रतिनिधि सभा विघटन भयो, नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो, झण्डै दुई तिहाई नजिकको सरकार ढल्यो अनि अन्त्यमा एमाले नै दुई टुक्रा भयो।

    प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले नेकपामा शुरु गरेको विद्रोहले एमाले र माओवादी अलग्गियो। प्रचण्ड आफ्नो पार्टी सम्हाल्न लागे भने नेपाल र खनाल एमालेभित्रै ओलीविरुद्ध निरन्तर लडिरहे। उनीहरुलाई एमालेमा अन्य नेताहरुको पनि साथ थियो।

    प्रत्यक्ष रुपमा एमाले विवादमा खुस्न नसके पनि एमालेभित्र अप्रत्यक्षरुपमा प्रचण्डको भूमिका भने अहम नै रह्यो। नेकपा अस्तित्वमा हुँदा माधव नेपाल र उनको निकटता बढेको थियो। त्यही निकटतालाई प्रचण्डले प्रयोग गर्दै एमालेलाई विभाजनसम्मको स्थितिमा पु¥याएको एमाले नेताहरुको टिप्पणी छ।

    एमालेमै रहँदा नेपाल समूह विपक्षी गठबन्धनसँग नजिकिएको थियो। जसका कारण ओली सरकार ढालेर शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन सम्भव भएको थियो। त्यसपछि पनि एमाले एकताका लागि विभिन्न प्रयासहरु भए तर असफल।

    माधव नेपालसँग निरन्तर भेटिरहेको प्रचण्डलाई ओलीसँग कुनै पनि हालतमा सहकार्य नगर्न सुझाव दिन्थे। ओलीको घमण्ड र नेपालमाथि अन्य राजनीतिक दलका नेताहरुको प्रभाव बढेका कारण एमाले यो अवस्थामा आइपुगेको हो।

    माधव नेपाललाई पार्टी फुटाउन सरकारले सहज बनाइदिएपछि उनी अगाडि बढेका हुन्। तर लामो समयसम्म एमालेमा ओलीविरुद्ध लड्नउनलाई साथ दिएका धेरै सहकर्मीले उनको साथ छाडे। कारण थियो नेपाल प्रचण्डकै लहैलहैमा निकै अद्धि बढिसकेका थिए।

    अन्ततः बुधबार माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो। बुधबार सनाखतका लागि बोलाइएकोमा ५५ एमाले केन्द्रीय सदस्य र २९ सांसदले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका छन्। आयोगले छिट्टै दल दर्ताको प्रमाण दिने तयारी गरेको छ।

    एमाले फुट्नुलाई कतिपयले विशेषतः प्रचण्डको सफलताका रुपमा व्याख्या गरेका छन्। राजनीतिक यात्रा आफ्नो नजिकका सहयात्रीहरु गुमाएका प्रचण्ड अब माधव नेपाललगायतसँग नयाँ यात्राको खोजीमा छन्। ओली प्रवृत्तिसँग हार मानेका प्रचण्ड फेरि नयाँ सशक्त कम्युनिष्ट पार्टीको निर्माणमा जुट्ने भएका छन्।

    नव गठित एकीकृत समाजवादीसँग एकता गर्नेबारे नेपाल र प्रचण्डबीच यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ। पार्टी एकताका विषयमा माओवादी केन्द्र र नव गठिन समाजवादीका नेताहरुले नै सार्वजनिक रुपमै बोलिसकेका छन्।

    केही दिनअघि मात्र माओवादी नेता वर्षमान् पुनले विचार मिल्नेहरुसँग एकता हुने भन्दै यसको संकेत गरिसकेका थिएर बुधबार एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले माओवादीसँग छिट्टै एकता गर्ने बताए। नेपालमा अब एक सशक्त कम्युनिष्ट पार्टी बन्ने दाबी उनले गरेका छन्।

    यी घटनाक्रमहरुले एमाले फुटाउन प्रचण्डको भूमिकालाई सहजै पुष्टि गरेको छ। सँगै उनी फेरि एकपटक ठूलो कम्युनिष्ट पार्टी बनाउने सपनामा अघि बढेको अनुमान पनि गर्न सकिन्छ।

    तर, यसपटक कम्युनिष्टहरुको एकताका खबरले जनतामा भने खासै उत्साह देखिँदैन। किनकि नेकपा गठन हुँदा गरिएका अपेक्षा र हालसम्मको स्थितिले जनतालाई राजनीतिक पार्टीबीचको एकता मात्र सबैथोक होइन भन्ने कुरामा विश्वस्त बनाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार