Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाली कांग्रेसद्वारा ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। कांग्रेसले शुक्रबार वेबसाइट मार्फत केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली सार्वजनिक गरेको हो।

समितिले बिहीबार ३८ जिल्ला र शुक्रबार थप १० जिल्लाको समेत ४८ जिल्लाको नामावली प्रकाशित गरेको छ। उक्त नामावली केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट प्राप्त भएपछि सार्वजनिक गरेको हो।

पार्टीको निर्वाचन निर्देशिका, ०७८ को दफा १ (ख) बमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताएका छन्। नामावली सार्वजनिक गरिएका ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू पनि खटाइसकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077