Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाढीले बगाएर ललितपुरमा एक महिलाको मृत्यु, एक बालिका बेपत्ता

ललितपुर– वाग्मती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन्।

तीन दिनदेखिको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु भएको हो । वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा करिब आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए ।

स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान भएको बताए । महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए ।

केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुबानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077