Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पौडेल समूहका जिल्ला सभापतिको अनशन अन्त्य

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले अनशन तोडेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका जिल्ला सभापतिहरुले शनिबार अनशनको अन्त्य गरेका हुन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापतिहरुको माग सम्बोधन भइसकेको भन्दै अनशन तोड्न आग्रह गरेका थिए। सिटौलाले क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मेवारी लिएका सिटौलासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखकले उनीहरुलाई पार्टी कार्यलयमै गई माग सम्बोधन भइसकेको जानकारी गराएका थिए।

यसअघि रामचन्द्र पौडेल लगायतका नेताहरुले माग पूरा हुने भन्दै अनशन तोड्न आग्रह गरेका थिए। साथै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न पनि भनिएको थियो।

मंगलबारदेखि पौडेल पक्षका जिल्ला सभापतिहरुले शुरु गरेको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए।

उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेका थिए।

जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए।

उक्त छलफलमा नेताहरुले जिल्ला सभापतिको सबै माग पूरा गर्ने सहमति गरेका थिए। सोही निष्कर्षलाई आधार मानेर जिल्ला सभापतिहरुले अनशन तोडेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077