Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थलका असईसहित जवान पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विमानस्थलमा कार्यरत असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्का रहेका छन्।

पक्राउ परेका उनीहरुले लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएको खुलासा भएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । शनिबार बिहान विमानस्थलबाटै दुवैलाई नियन्त्रणमा लिइएको बौद्ध प्रहरी बृत्तले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले समेत पुष्टि गरेका छन् । पक्राउ परेका उनीहरुमाथि यस बिषयमा थप अनुसन्धान भइरहको प्रहरीएसपी बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077