Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २४ घण्टा बित्दा समेत खुल्न सकेन सिद्धार्थ राजमार्ग, पहिरो हटाउन मुस्किल

    २४ घण्टा बित्दा समेत खुल्न सकेन सिद्धार्थ राजमार्ग, पहिरो हटाउन मुस्किल

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा सडकखण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन ।

    लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



    आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।



    आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रुपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार