Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गुडिरहेको जिप सडकबाट खस्यो, दुईजना घाइते

दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको जिप बैतडीमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।

सोमबार दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेक नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा कञ्चनपुरको वेदकोट नगरपालिका–८ का हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर पठाउने तयारी भइरहेको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ।

जिप सडकबाट १०० मिटर तल खसेको थियो। दुर्घटना भएको जिपमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077