Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमानस्थलमा माधवको नजिकै बसेर झलनाथले मसिनो स्वरमा भने -ओलीको सरकार निरंकुश थियो

    विमानस्थलमा माधवको नजिकै बसेर झलनाथले मसिनो स्वरमा भने -ओलीको सरकार निरंकुश थियो

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । भारतस्थित नयाँ दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किएका छन् ।

    झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किएका नेकपा (एकीकृत समाजवादी) का नेता खनालले त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम भएको बताए ।



    नेता खनालले ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाले भनेर गोहीको आँशु बगाउन जरूरी नरहेको भन्दै भने, ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो, कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’



    यस्तै, नेता खानालले आफूहरूले पसिना बगाएर बनाएको एमाले पार्टीलाई ओलीको समयसँगै गुटवाद, अहंकारवाद, व्यक्तिवाद हाबी भएको बताउँदै त्यसका विरूद्ध पार्टीभित्रै अन्तरसंघर्ष गर्दा नसकेर नयाँ पार्टी जन्मीएकाे बताए ।

    पूर्वप्रधानमन्त्री खनाल पछिल्लो समय भारतस्थित नयाँ दिल्लीमा उपचाररत रहेका थिए । उनको भारतको अपोलो अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो।

    कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

    खनाललाई विमानस्थलमा स्वागत गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरु पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार