Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वाइसिएल नेतृत्वमा दुई नेताको दाबी, प्रचण्डले कसलाई बनाउँछन् अध्यक्ष ?

काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृतव कसले गर्ला भन्ने चर्चा शुरु भएको छ। पार्टीका केही युवा नेताले वाइसिएल अध्यक्षमा दाबी पेश गरिसकेका छन्।

तर वाइसिएलको अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन्। सहमति नेतृत्व चयन गर्न सकस भएका कारण यो जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

वाइसिएल अध्यक्षको मुख्य दाबेदारका रुपमा दुई युवा नेता देखिएका छन्। हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पाले अध्यक्षमा दाबी गरेको बताइएको छ। यसबारेमा प्रचण्डले छिट्टै निर्णय लिने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077