Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको १३ दिनमै अल्पमतमा, बधाईको माला समेत ओइलाउन पाएन !

हेटाैंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको १३ दिनमै अल्पमतमा परेकी छन् ।

पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा पुगेर नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी राेजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्री शाक्यनिकट एक नेता भन्छन्, 'यति छिटो अल्पमतमा पर्नुहोला भन्ने कल्पना नै थिएन, उहाँ (शाक्य) मुख्यमन्त्रीले पद बहालीपश्चात् बधाई तथा शुभकामना लिँदा शुभेच्छुकहरुले लगाइदिएको माला समेत ओइलाइ सकेको छैन।'

गत भदौं २ गते तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछि प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बनेको थियो।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । तर, दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ ।

प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । हाल बागमतीमा मुख्यमन्त्री शाक्यसहित ३ जना मन्त्रीहरु रहेका छन्। जसमध्ये सामाजिक विकासमन्त्री कृष्ण खनालले नेकपा समाजवादी रोजिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077