Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दार्चुला घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्ष, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सुझाव

    दार्चुला घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्ष, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं – भारतीय सुरक्षा बल एसएसबीले तुइनको तार काटिदिदा नेपाल युवक महाकाली बेपत्ता भएको घटना छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।

    एसएसबीकै कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका थिए। त्यसको चौतर्फी विरोध भएपछि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाएको थियो।



    त्यसै समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्ष निकालिएको छ। समितिले उनीहरुको संलग्नताबारे अनुसन्धान गरी कानुनी कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सरकारलाई सुझाव दिएको छ।



    गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का धामी नदीमा खसेर बेपत्ता भएका थिए। सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। यसअघि समितिले अनुसन्धानमा भारतीय पक्षले सहयोग नगरेको बताएको थियो।

    गृहमन्त्रालयको विज्ञप्ति

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार