Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • एमाले छाडेर एकीकृत समाजवादीतिर लाग्ने प्रदेश सांसदको संख्या ५२ पुग्यो, कहाँबाट कतिले छाडे ओलीको साथ ?

    एमाले छाडेर एकीकृत समाजवादीतिर लाग्ने प्रदेश सांसदको संख्या ५२ पुग्यो, कहाँबाट कतिले छाडे ओलीको साथ ?

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि जनप्रतिनिधिहरुले धमाधम पार्टी रोज्न थालेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो कित्ता क्लियर गरिरहेका छन्।

    हालसम्म अधिकांश प्रदेशका सांसदहरुले पार्टी रोजीसकेका छन्। केही सांसदहरु भने विचाराधिन अवस्थामा छन्। अहिलेसम्म प्रदेश १ बाट १० जना, बागमतीबाट १२ सुदूरपश्चिमबाट १३, प्रदेश २ बाट १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन्।



    त्यस्तै लुम्बिनी प्रदेशबाट १ जना, कर्णालीबाट ३ जना सांसदहरुले एकीकृत समाजवादी पार्टी रोजेका छन्। गण्डकी प्रदेशबाट भने हालसम्म कुनै पनि सांसदले पार्टी रोजेका छैनन्। त्यहाँका सांसदहरु अहिले पनि सोचमग्न अवस्थामा रहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार