Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वडाको अधिवेशन नहुँदै नेपाली कांग्रेस मनाङ जिल्लाको नेतृत्व चयन

मनाङ । वडा तहको महाधिवेशनअगावै नेपाली कांग्रेस मनाङले जिल्लाकै नेतृत्व चयन गरेको छ। जिल्ला तहको निर्वाचन आउन अझै समय बाँकी नै रहेका बेला मनाङले भने सर्वसम्मतरुपमा जिल्लाकै नेतृत्व चयन गरेको हो।

कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शङ्कर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको छ। दुई कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताको छलफलबाट आगामी कार्यकालको नयाँ नेतृत्व टुङ्गो लगाइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिएका छन्।

जिल्ला सभापतिसहित मनाङ कांग्रेसले सङ्घ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए।

कांग्रेसको महाधिवेशन तालिकाअनुसार भदौ १८ गते वडा तहको निर्वाचन हुँदैछ। यससँगै नगर÷गाउँ समितिको नेतृत्व चयन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077