Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कलाकार निशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

    कलाकार निशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । उपचारको क्रममा बिहीबार साँझ निधन भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी, गोपाल ढकाल ‘छन्दे’, जीवन थापा, उद्धव भट्टराईलगायत पुगेका थिए ।



    चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकर्मीको न्यून उपस्थिति थियो । उनको पार्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिए ।



    ३ वर्ष अगाडि भारतको देहरादूनमा भएको सवारी दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

    लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर आइसीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।

    गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार