Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाली कांग्रेसले निर्वाचन निर्देशिका सच्यायो

काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई सच्याएको छ। यसअघिको निर्देशिका समावेशी नभएको भन्दै आलोचना भएपछि यसलाई थप समावेशी बनाइएको हो।

यसअघि कांग्रेस नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएका थिए। विश्वकर्माको असन्तुष्टि दृष्टिगत गर्दै अन्य नेताहरुको सुझावअनुसार निर्देशिका सच्याइएको हो।

नयाँ निर्देशिकाअनुसार अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता प्रतिनिधित्व थप सुनिश्चित गरिएको छ। अब कुनै पनि वडामा एक जना मात्र क्रियाशील सदस्य भएको अवस्थामा पनि कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिमा हुने व्यवस्था गरिएको छ। यसअघि जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077