Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आजबाट कांग्रेस महाधिवेशनको औपचारिक शुरुवात

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको बिहीबारबाट औपचारिकरुपमा शुरु हुँदैछ। पटकपटक सार्दै डेढ वर्ष ढिला भएको कांग्रेसको महाधिवेशनमा बिहीबारबाट गाउँ/नगर वडा अधिवेशन आजबाट शुरु हुन लागेको हो।

वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म हुनेछ।

क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ। कांग्रेसले पछिल्लो समयसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको र कतिपयमा निर्वाचनका लागि तयारी पूरा भएको बताए। क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने उनले बताए।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन। विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन। वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका र अन्य व्यवस्थापन बाँकी जिल्लामा यही भदौ २३ भित्रै अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । क्रियाशीलकै कारण कांग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077