Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जनताका लागि काम नगर्ने पार्टी विघटन भएकै राम्रो : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक पार्टीको अर्थ भनेकै जनताका लागि काम गर्नु भएको बताएका छन् ।

शुक्रबार माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले जनताका लागि काम नगर्ने हो भने पार्टीको कुनै काम छैन भन्दै त्यस्तो पार्टी विघटन गरे हुने बताएका हुन्।

यस्तै, अध्यक्ष प्रचण्डले बैठकमा सहभागी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए । पार्टीको क्रान्तिकारी रुपान्तरणको फड्को मार्न सामूहिक मेहनतको आवश्यकता रहेको औँल्याउँदै उनले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न दृढतापूर्वक अघि बढ्न जरुरी रहेको बताए।

वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने उनको भनाइ छ।

यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077