Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस प्रवक्ता विश्वप्रकाशको उद्घोष, ‘म पनि छिट्टै मैदानमा हुनेछु’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालसम्म महाधिवेशनमा उम्मेवदारी घोषणा गरेका छैनन्। तर वडा अधिवेशन शुरु भएकै दिन उनले छिट्टै उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन्। प्रवक्ता शर्माले ट्वीटमार्फत् वडा अधिवेशनका सबै उम्मेदवारलाई शुभकामना दिँदै आफूले पनि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका हुन्। ‘उम्मेदवारी घोषणा कहिले ?,’ शुभचिन्तक मित्रहरु, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु,’ शर्माले भनेका छन्, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ, वडा अधिवेशन सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना। चाँडै नै म मैदानमा हुनेछु।’ हाल सभापति शेरबहादुर देउवाको टिममा रहेका शर्माले कुन पदमा उम्मेदवार दिने भन्ने खुलाएकी छैनन्। तर उनलाई महामन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ। उता युवा नेता गगन थापाले भने महामन्त्रीमा उम्मेदवारीको घोषणा गरिसकेका छन्। यसपटकको महाधिवेशन शर्मा र थापाको भिडन्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077