Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एउटै राजमार्गको ११ ठाउँमा पहिरो, एक साता बन्द हुने

    एउटै राजमार्गको ११ ठाउँमा पहिरो, एक साता बन्द हुने

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 2.7K
    SHARES

    फाइल तस्विर

    पोखरा । कतै पहिरो त कतै बाढिका कारण भूपी शेरचन राजमार्गमा बन्द भएको छ । राजमार्ग कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । त्यसैले पनि अहिले पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ वासी राजमार्ग भएर आउजाउ गर्न सक्ने अवस्था नरहेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

    गत असारमा पर्वतको दोबिल्लामा बाढी, पहिरोले भूपी शेरचन राजमार्गको पर्वत खण्ड हेरिरहेका इन्जिनियरसहित ३ जना बगाएको थियो । त्यही अहिले ठूलो पहिरो खसेर पुरै सडक नै बगाएको छ ।



    प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भूपी शेरचन राजमार्गको पर्वत खण्डमा मात्रै ११ वटा पहिरो खसेका छन् । तीमध्ये अधिकांश ठूला र पहाडैसहित खसेका छन् । तत्कालै राजमार्ग खुल्ने अवस्था नरहेपनि सिडिओ पाण्डेले राजमार्ग खुलाउन छिटोभन्दा छिटो पहल गर्ने बताइन् । निर्माण व्यवसायी र अन्य सरोकारवालासँग सल्लाह गर्दा एक हप्ता लाग्न सक्ने बताएको पाण्डेले जानकारी दिइन् ।



    असारको सुरुदेखि नै बाढी पहिरोले बितण्डा मच्चाउन थालेको गण्डकी प्रदेशमा शुक्रबारसम्म ८ बालबालिकासहित ३४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिस्थापित भएका छन् ।

    कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोले १८ जनाको ज्यान लियो । पर्वतमात्रै ११ जनाले पहिरोमा ज्यान गुमाए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार