Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले बाहेक अरु कसैले ल्याउन सक्दैन मेलम्चीको पानी : ओली

    एमाले बाहेक अरु कसैले ल्याउन सक्दैन मेलम्चीको पानी : ओली

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने बताए ।

    आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको भन्दै उनले मेलम्ची जाने बाटो त बनाउने नदिने सरकारले कसरी पानी ल्याउन सक्छ ? भन्दै प्रश्न गरे ।



    मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारीका साथ काम गरेको जानकारी गराउँदै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे ।



    कार्यक्रममा उनले भने–‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’

    प्रमुख प्रतिपक्ष दलको अध्यक्ष समेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसिसीबारे प्रष्ट पार्न आग्रह गरेका छन् ।

    उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धारणा माग गरेका हुन् ।

    एमसीसी झुक्याएर पास गर्न यसबारे गठबन्धनका नेताहरु चुप बसेकोप्रति आक्रोश पोख्दै उनले भने–‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप किन ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार