Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कुटरको डिक्कीमा लुकाइराखेको स्वचालित पेस्तोलसहित युवक पक्राउ

बुटवल । जिल्ला प्रहरी कर्यालय दाङले स्वचालित पेस्तोलसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका– ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षका ईन्द्रकमल बुढामगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढामगरको घरमा रहेको रा५प ८७६२ नम्वरकोे स्कुटरको डिक्कीमा रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको हो ।

पक्राउ परेका बुढाविरुद्ध हातहतियार खरखजना मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077