Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा बाहेक प्रदेश इञ्चार्जहरु तोकिए, अदालत र निर्वाचन आयोगको जिम्मा झाँक्रीलाई

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीले सुदूरपश्चिम बाहेकका अन्य ६ वटा प्रदेशमा इन्चार्जदेखि लिएर विभिन्न जनवर्गीय मोर्चा र संगठनको जिम्मेवारी तोकेको छ।

पार्टीले तोकेका प्रदेश इन्चार्जहरु यसप्रकार छन् :-


  • प्रदेश १ : घनेन्द्र बस्नेत

  • प्रदेश २ : धर्मनाथ साह,

  • बागमती प्रदेश : केदार न्यौपाने

  • गण्डकी प्रदेश :  केशवलाल श्रेष्ठ

  • लुम्बिनी प्रदेश : भागवत विश्वासी

  • कर्णाली प्रदेश : प्रकाश ज्वाला

  • सुदूरपश्चिम :  ......... इञ्चार्ज तोकिएको छैन ।


यस्तै, उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा. विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077