Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको मुखबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइएको बामदेवको गुनासो

    ओलीको मुखबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइएको बामदेवको गुनासो

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । केही दिन अघिमात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट राजीनामा दिएका नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइएको बताएका छन्।

    आइतबार नेता गौतमले अध्यक्ष ओलीलगायत एमालेका अधिकांश नेतालाई भाइबरमा सबैभन्दा ठूलो पार्टीको नेताबाट दुर्वचन र मिथ्या बाहेक केही सुन्न नपाइएको भन्दै गुनासो सन्देश पठाएका हुन् ।



    यस्तो छ नेता गौतमले पठाएको सन्देश :
    ‘नेपालको सबै भन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु केही सुन्न नपाइने भयो । मैले एमाले पार्टी छोडे पनि कम्युनिष्ट आन्दोलन छोडेको छैन । ख्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरुमा सँगै काम गर्न पनि पर्नसक्ने हुन्छ ।’



    नेता गौतमले यसअघि शुक्रबार नेकपा एमाले कार्यालयमा पुगेर पार्टी परित्याग गरेको भन्दै राजीनामा पत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार