Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा भिड्न लागेका युवा नेताहरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत हाल वडा अधिवेशन जारी छ। कांग्रेसको यसपटकको महाधिवेशनमा सभापति पलका लागि धेरै नेताहरुले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

यस्तै युवा नेता गगन थापाले आफूलाई महामन्त्रीको उम्मेदवार बताइसकेका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले छिट्टै आफ्नो उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन्। शर्माले आफूले महामन्त्रीको उम्मेदवार भएको घोषणा त गरेका छैनन् तर उनको उम्मेदवारी यही पदमा हुने निकट स्रोतको दाबी छ।

त्यस्तै अर्का युवा नेता प्रदीप पौडेलले पनि आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्। केन्द्रीय सदस्य रहेका पौडेलले ७७ वटै जिल्लाको क्रियाशील सदस्यहरुको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक भएलगत्तै आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।

कांग्रेसका अर्का नेता प्रकाशसरण महतले पनि आफूलाई महामन्त्रीको उम्मेदवार बताउन थालेका छन्। उनले आफूले सम्भवतः उपसभापति नत्र महामन्त्रीमा उम्मेदवारी दिने बताइसकेका छन्। कांग्रेसका महामन्त्री पदमा युवा नेताहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077