Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

यी ११ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनका कारण चुनावी सरगर्मी बढेको छ। महाधिवेशनअन्तर्गत आज ११ जिल्लामा वडा अधिवेशन हुदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुनेछ।

हिजो साँझ सम्ममा ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३८ जिल्लामा वडा अधिवेशन सम्पन्न हुँदा अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

भोलि गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते पर्सि रुकुमपूर्व र रुकुमपश्चिममा अधिवेशन गर्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077