Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • कपाल फुलेर मात्रै हो, नत्र म पनि युवा नै हो : केपी ओली

    कपाल फुलेर मात्रै हो, नत्र म पनि युवा नै हो : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् ।

    सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘युवा संघको पनि म अध्यक्ष नै हो, म आफूलाई युवा नै ठान्छु, भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो। ‘



    कार्यक्रममा युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै गरेकाहरुलाई स्वागत गर्दै ओलीले भने, ‘तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन। ‘



    अध्यक्ष ओलीले आफ्ना देशभक्ती नीति र अडानका कारण आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गरेको दाबी समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार