Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सङ्खुवासभा घटना प्रकरण : सीआईबीको टोली मादीतर्फ

    सङ्खुवासभा घटना प्रकरण : सीआईबीको टोली मादीतर्फ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । सङ्खुवासभा घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल मादी जाने भएको छ ।

    ‘घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको छ, सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, ‘मौसमका कारण केही ढिलाइ भइरहेको छ, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला। ‘



    सोमबार बिहान मादी नगरपालिका–१, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर छरिएको अबस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीका अनुसार जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको छ।



    उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालसहितको टोली घटनास्थलमा छ । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार