Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमाथि खनिए ओली, एमाले समाप्त पार्न मन्त्री बाड्दै हिडेको आरोप

    नेपालमाथि खनिए ओली, एमाले समाप्त पार्न मन्त्री बाड्दै हिडेको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् ।

    मंगलबार कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका ओलीले अधिकांश समय पूर्व एमालेका बरिष्ठ नेताअमेत रहेका नेपालमाथि खनिएका हुन्। एमालेबाट अल्गिएर नेता नेपालले केही दिनअघि नेकपा एस पार्टीको स्थापना गरेका छन्।



    कार्यक्रममा ओलीले नेपाललाई एमाले समाप्त पार्नकै लागि नेताहरुलाई मन्त्रीको पद बाड्दै हिडेको आरोप लगाए।



    स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै ओलीले अघि भने, ‘एमालेसँग कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्यूँसो !’

    हिजोको दिनमा नेकपा रहँदा पनि माओवादीका अध्यक्ष प्रचण्ड र नेपाल मिलेर आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाउदै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार