Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • न्यायाधीशका अंगरक्षकले गाडी सिक्ने क्रममा ठक्कर दिँदा महिलाको मृत्यु , चालक पनि पक्राउ

    न्यायाधीशका अंगरक्षकले गाडी सिक्ने क्रममा ठक्कर दिँदा महिलाको मृत्यु , चालक पनि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    मोरङ। जिल्ला अदालत मोरङ परिसरभित्र एक व्यक्तिले गाडी सिक्ने क्रममा ठक्कर दिँदा महिलाको मृत्यु भएको छ ।

    मंगलवार जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीका अंगरक्षक प्रहरी हवल्दार बिन्दकुमार सिंहले कार सिक्ने क्रममा दुर्घटना भएको थियो ।



    न्यायाधीश  पराजुलीले चढ्ने बा१४च ६०१६ नम्बरको उक्त कारले ठक्कर दिँदा घाइते लक्ष्मी दाहालको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।



    धनकुटा घर भएकी ४३ वर्षीया लक्ष्मी दाहालले अदालत परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएकी थिइन ।

    सिंहले पार्किङमा राखिएको गाडीलाई  त्यहाँबाट निकालेर र चलाउन खोजेका थिए। तर गाडी अनियन्त्रित भइ  क्यान्टिनसम्म पुगेर दुर्घटना भएको थियो ।

    न्यायाधीश पराजुलीका अंगरक्षक  हवल्दार सिंहले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको प्रहरीले बताएको छ । दुर्घटनाको समयमा न्यायाधीश पराजुलीभने गाडीमा थिएनन् ।

    दुर्घटनापछि  हवल्दार सिंह र न्यायाधीशका चालक चौधरीलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार