Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आज पनि काठमाडौंलगायत यी स्थानहरुमा भारी वर्षा हुने, यस्तो छ ३ दिनको मौसम

    आज पनि काठमाडौंलगायत यी स्थानहरुमा भारी वर्षा हुने, यस्तो छ ३ दिनको मौसम

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 810
    SHARES

    काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव जारी छ। जसका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। बुधबार काठमाडौंलगायत देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ। सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए।



    महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ। त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो।



    २०७८ भदौ २३ गते बुधबारको मौसम

    दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

    २०७८ भदौ २४ गते बिहीबारको मौसम

    दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    २०७८ भदौ २५ गते शुक्रबारको मौसम

    दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार