Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाग्मतीमा मन्त्रिपरिषद विस्तार : ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ

हेटाैंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। बुधबार मुख्यमन्त्री शाक्यले १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी हुन्।

विस्तार गरिएको मन्त्रिपरिषदमा ६ मन्त्री र ४ राज्यमन्त्री रहेका छन्  ।

नवनियुक्त मन्त्रीहरूमा

अजय क्रान्ति शाक्य -आन्तरिक मामिला तथा कानुन मन्त्रालय

रचना खड्का -आर्थिक मामिला तथा योजना मन्त्रालय

विजय सुवेदी -सामाजिक विकास मन्त्रालय

प्रदीपकुमार कटुवाल -स्वास्थ्य

शान्तिप्रसाद पौडेल -उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

चन्द्र लामा -भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ।

यस्तै नवनियुक्त राज्यमन्त्रीहरुमा

जुनेलीमाया श्रेष्ठ -स्वास्थ्य मन्त्रालय

जीवन खड्का -भौतिक पूर्वाधार तथा विकास मन्त्रालय

सरस्वती वाटी -उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

बद्री मैनाली -भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

एमाले विभाजनपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077