Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुखलाई एमालेको प्रश्न – हाम्रो पार्टी फुटाउन किन भूमिका निर्वाह गरेको ?

    सभामुखलाई एमालेको प्रश्न – हाम्रो पार्टी फुटाउन किन भूमिका निर्वाह गरेको ?

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

    एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकको सुरुमै बोलेका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले  एमालेले कारवाही गरेका सांसद किन बचाएको र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका थिए।



    जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार