Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा रोजगारीको अवसर, प्राविधिकतर्फ २२१ जनाका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा गरेर २ सय २१ जनालाई रोजगारी खुलेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले गाेरखापत्रमा एक सूचना प्रकाशित गर्दै ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

सूचनाका अनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ भने सूचनाप्रविधि अन्तर्गत ३ पदमा ६४ जनाले जागिरकाे अवसर पाउने छन् ।

यस्तै, सञ्चार अन्तर्गतको ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ। यसैगरी भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ ।

सूचनामा दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी)सम्म छन् ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077