Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परिचयपत्र नभएका विदेशीलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले परिचयपत्र नभएका विदेशीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

अफगानिस्तानमा उत्पन्न परिस्थितिमा त्यहाँबाट नेपालमा शरणार्थीहरू आउन सक्ने भन्दै गृहले काठमाडौं र पोखरामा सतर्कता बढाएको हो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त कुराको जानकारी दिएका हुन्।

शरणार्थी पक्राउ गरेकोमा विरोध नगर्न पनि गृह प्रवक्ताले आग्रह गरेका छन्।

अफगानिन्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै देश छाड्ने नागरिकहरुको लर्को लागेको छ । केही समय पहिले त जवर्जस्ती विमानमा चढेका ५ जना नागरिकको विमानबाट खसेर मृत्यु भएको थियो । यसले पनि देश छाड्न चाहने नागरिकको संख्या अत्याधिक रहेको प्रष्ट हुन्छ ।

तालिवानहरुले अफगानी नागरिकलाई विमनस्थल जान नै बन्देज गरिरहेको अवस्थामा पनि नेपाल आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले यस्तो कदम चालेको हो । परिचयपत्र भएका र कानूनी रुपमा भिसा लिएर नेपाल आएका पर्यटकहरु भने नेपालभर जता पनि जान पाउनेछन् । उनहीहरुलाई भने सरकारले धरपकड गर्ने छैन । गृह मन्त्रालयले परिचयपत्र नभएका नागरिकहरुलाई भने पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077