Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पेन्सनकै लागि एक वर्षदेखि आमाको शव लुकाएर राख्ने पक्राउ

    पेन्सनकै लागि एक वर्षदेखि आमाको शव लुकाएर राख्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी। अस्ट्रियामा एक व्यक्तिले आफ्नी आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको त्यहाँको प्रहरीले जनाएको छ।

    उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुन महिनामा नै भएको ठानिएको छ। उनी विस्मृतिसम्बन्धी रोगबाट पीडित थिइन्। तर, ६६ वर्षीय ती व्यक्तिले घरको भूमिगत कोठामा उनको शवलाई लुकाएर राखेका थिए।



    उनले दुर्गन्ध नआओस् भनेर शवलाई कपडाको पट्टीले बेरी बरफले छोपेर राख्ने गरेका बताइएको छ। प्रहरीका अनुसार ती व्यक्तिले झन्डै ५० हजार यूरो गैरकानुनी तरिकाले प्राप्त गरेको हुनुपर्छ।



    ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि उक्त शङ्कास्पद जालसाजीको घटना सार्वजनिक हुन पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। (बीबीसी :नेपाली)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार