Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नहुने

    सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नहुने

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।

    संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सो बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने छ।



    सभामुख सापकोटाले एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गर्दै पत्र पठाएका थिए ।



    गत पुस ५ र जेठ ७ गते तत्कालिन प्रधानमन्त्री ओली गरेको संसद् विघटनले गर्दा सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ ।  सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

    बैठक दिउँसो २:३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा बस्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार