Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधव नेपालले बोलाए नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक

    माधव नेपालले बोलाए नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

    नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि अध्यक्ष नेपालले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।



    पार्टीका एक नेताका अनुसार अध्यक्ष नेपालले पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएका हुन्।



    यद्यपि समय र स्थानको भने टुंगो नलाइसकेको ती नेताले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार