Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पौडेलको आक्रोश : 'देउवा ट्रम्प जस्तै उपद्रो भए, सधैं कुर्सीमा बस्न चाहने प्रवृतिले पार्टीको विधान मिच्यो'

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सत्तामा बसेर देशलाई गलत दिशातर्फ लागेको आरोप लगाएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यकममा नेता पौडेलले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको उदाहरण दिंदै प्रधानमन्त्री देउवा पनि त्यही प्रवृतिको भएको भन्दै तानाशाही व्यवस्थातर्फ उन्मुख भएको आरोप लगाए ।

ट्रम्पलाई उपद्रोको संज्ञा दिएका पौडलले देउवा त्यो भन्दा पनि उग्र भएको टिप्पणी गरे। 'ट्रम्प जस्तो महत्वकांक्षी नेताले कसैले मानेन। तर उनको कुनै हर्कत काम गरेन। अमेरिकामा डोनाल्ड ट्रम्प आए, नेपालमा केपी ओली आए। तेस्रो विश्व राष्ट्रहरुमा लोकतान्त्रिक पद्धतीबाट आएकाहरुले लोकतन्त्रलाई असुरक्षित गर्ने काम गरिरहेको छ।

आशन्न पार्टीको १४ औं महाधिवेशनमा सभपति देउवाले गरेको व्यवहारप्रति आक्रोशित बनेका पौडेलले देउवा पार्टी विधान विपरित चलेको बताए।

कार्यक्रमामा आक्रोशित रुपमा प्रस्तु भएका पौडेलले भने, 'पार्टीको विधान विपरित काम हुँदा पार्टी कहाँ पुगेको छ ? महाधिवेशन ४ वर्षमा पनि गरिएन।'सधै सधैं कुर्सीमा बस्न चाहने, छोड्न नचाहने प्रवृतिले गर्दा आज यस्तो दिनको सामना गर्नुपरेको उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077