Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अध्यक्ष–कोच द्वन्द्व : कोएम्यानले भने, ‘लापोर्टा धेरै बोल्छन्, धन्न म छु र बार्सिलोनाको भविष्य छ’

एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानले नेदरल्याण्डबाटै क्लबका अध्यक्ष जोन लापोर्टालाई एक सन्देश दिएका छन्। उनले क्लबमा आफ्नो अवस्था र नयाँ सम्झौताबारे उठिरहेका प्रश्नबारे मुख खोलेका छन्।

‘लापोर्टासँग मेरो सम्बन्ध सुधार भएको छ। तर गत हप्ता केही भयो जुन मलाई टिक लागेको छैन,’ कोएम्यानले भने। ‘उनले प्रशिक्षकसँगै सबै पावर हुँदैन भनेर सुझाव दिइरहेका थिए। उनी धेरै बोल्छन् र बुद्धिमानी पनि छैनन्,’ कोएम्यानले थपे।

‘त्यो गोप्यरुपमा गर्न सकिन्थ्यो। जब अध्यक्ष सहभागी भएर प्रश्न गरे त्यो मलाई मन पर्छ तर यो सञ्चारमाध्यममा हुनु भएन। त्यो नै समस्या हो,’ उनले भने।

‘मलाई क्लबमा धेरैले साथ दिएका छन् भन्ने विश्वास छ। खेलाडीहरु, अन्य स्टाफ र बोर्डका अन्य सदस्यहरुले पनि,’ उनले भने, ‘म क्लबमा बस्न राजी छु, मेरो समय राम्रै चलिरहेको छ। मलाई धन्यवाद भन्नुहोस्, यो क्लबको भविष्य छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077