Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीलाई झट्का, एमाले छाडेका पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसद (सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट)को रिटमा मुद्दा नटुंगिएसम्म कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न एमालेलगायत विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

[insert page='86058' display='yopanipadhnuhos.php']

प्रतिनिधिसभा सांसद पाण्डे र राष्ट्रिय सभाकी सदस्य भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको  थियो।

अदालतको उक्त आदेशपछि अब उनीहरूले नयाँ पार्टी रोजेमा सांसद पद जाने छैन । यस्तै एमालेले कारबाही समेत गर्न पाउने छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077