Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकैपटक ५ सय ३४ कैदीको सजाय मिनाह र ७ कैदीलाई आममाफी दिने सरकारको तयारी

    एकैपटक ५ सय ३४ कैदीको सजाय मिनाह र ७ कैदीलाई आममाफी दिने सरकारको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले विभिन्न अपराधमा सजाय भोगीरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिने तयारी गरेको छ।

    गृह मन्त्रालयले सिफारिसमा संविधान दिवसको अवसर पारेर गृहले उनीहरुको सजाय मिनाहा र केहीलाई आममाफी दिन लागिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार असल चालचलन भएका र त्यसमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका ५ सय ३४ कैदीलाई बाँकी सजाय मिनाहाका लागि सिफारिस गरिएको हो। त्यस्तै ७ जनालाई आममाफी दिन सिफारिस गरिएको छ।



    यो सिफारिस अनुसार आगामी असोज ३ गते संविधान दिवसको दिन बाँकी सजाय मिनाह र आममाफी पाएका केदीको विवरण सार्वजनिक गरिने छ। यी दुवै विषय मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणित भएपछि मात्र कार्यान्वयनमा आउने बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार