Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोना र बायर्न म्युनिख भिड्दै : ८–२ को बदला लिने मौका, यस्तो छ तथ्याङ्क

एजेन्सी – मंगलबार रातिबाट च्याम्पियन्स लिग शुरु हुँदैछ। लिगमा आइतबार राति समूह चरणमा केही ठूला टिमहरु आमनेसामने हुँदैछन्।

समूह इ मा रहेको बार्सिलोना र बायर्न म्युनिखबीचको खेललाई धेरैले चासोका साथ हेरिरहेका छन्। यो खेल नेपाली समयअनुसार राति १२ः१५ बजे शुरु हुनेछ।

हालसम्म च्याम्पियन्स लिग फुटबलमा दुई टोलीको भेट ११ खेलमा भएको छ। तीमध्ये ७ खेल बायर्नले जितेको छ भने २ खेल बार्सिलोनाले जितेको छ। दुई खेल बराबरीमा सकिएको छ।

पछिल्ला ५ भेटमा बार्यनले ४ खेल जितेको छ भने बार्सिलोनाले एक खेलमात्र जितेको छ। बायर्न च्याम्पियन्स लिगको १८ खवे खेलमा अपराजित रहेको छ। यो नै च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा लामो अपराजित यात्रा हो।

च्याम्पियन्स लिगको पछिल्लो भेटमा बायर्नले बार्सिलोनालाई ८–२ गोलको लज्जास्पद हार चखाएको थियो। यो खेलको सर्वत्र चर्चा पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077