Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बदला लिन चुक्यो बार्सिलोना, बायर्नसँग आफ्नै घरमा अर्को नमिठो हार

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बायर्न म्युनिखसँग बार्सिलोना हारेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३–० गोलले पराजित भएको हो।

समूह ई को खेलमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले २ तथा टोमस मुलरले १ गोल गरे। खेलको पहिलो हाफमा नै बायर्नले मुलरको गोलमा अग्रता लिएको थियो। ३५ औं मिनेटमा मुलरले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर एरिक गार्सियालाई लाग्दै गोल भएको थियो।

पहिलो हाफमा आक्रमण र बल पोसेसनमा बलियो देखिएको बायर्नले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दियो। ५६ औं मिनेटमा पोलिस फरवार्ड लेवान्डोस्कीले गोल गर्दै अग्रता टोलीको अग्रता दोब्बर पारे। जमाल मुसियालाको प्रहार पोस्टमा लागेर फर्केपछि आएको रिबाउन्डलाई लेवान्डोस्कीले गोल गरेका थिए।

खेलको ५ मिनेट समय बाँकी रहँदा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नको ३–० को जित पक्का भयो। सर्ज जिनाब्रीको प्रहार पोस्टमा लागेर फर्केपछि रिबाउन्ड लेवान्डोस्कीकै खुट्टामा पुगेको थियो। उनले ६ यार्ड बक्स नजिक बललाई नियन्त्रणमा लिँदै गरेको प्रहार रोनाल्ड अराउजोलाई लाग्दै गोल भएको थियो।

यसै समूहको अर्को खेलमा डिनामो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेले। बायर्नको ३ अंक हुँदा बेन्फिका र किएभ १–१ अंक जोड्न सफल भए। बार्सिलोना अंकविहिन छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077