Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोनाल्डोको गोल बाबजुत योङ ब्वाइजसँग युनाइटेड पराजित

एजेन्सी – च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा योङ ब्वाइजसँग म्यानचेस्टर सिटी पराजित भएको छ। समूह एफको खेलमा युनाइटेड ब्वाइजसँग २–१ गोलले हारेको हो।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि युनाइटेडले जहार टार्न सकेन। रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा १० खेलाडीमा सिमित भएपछि खेलमा पकड गुमाउन पुगेको थियो।

दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। इन्ज्युरी समयको अन्तिम मिनेटमा जेसी लिंगार्डले गम्भीर गल्ति गरेपछि योङ ब्वाइज खेल जित्न सफल भएको थियो।

खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो। ब्रुनो फर्नान्डेसको उत्कृष्ट पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए।

२५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भयो। वान बिसाकाले क्रिस्टोफर मार्टिन्समाथि खराब ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए। युनाइटेडले लगत्तै जेडन सान्चोलाई निकाल्दै डिफेन्डर डिओगो डालोटलाई मैदान पठाएको थियो।

युनाइटेडले अग्रतालाई पहिलो हाफभरि कायम राख्यो। दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले सिल्बान हेफ्तीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। योङ ब्वाइजले त्यसपछि लगातार आक्रमण बुनेको थियो।

इन्ज्युरी समयको पाँचौ मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका लिंगार्डले गम्भीर गल्ती गरेपछि योङ ब्वाइज अग्रता लिन सफल भएको थियो। लिंगार्डले दबाबमा रहेको अवस्थामा गोलरक्षकलाई दिएको पासलाई थिओसन जोर्डन सिबात्चेउले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै वन भर्सेस वनको स्थितिमा गोल गर्दै ब्वाइजलाई जिताए।

योङ ब्वाइजले च्याम्पियन्स लिगको इतिहासमा नै दोस्रो जित दर्ता गरेको हो। यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077