Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसी, नेयमार र एमबाप्पेलाई एकैसाथ मैदान उतार्ने पिएसजीको तयारी

एजेन्सी – युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा पेरिस सेन्ट जर्मनले क्लब ब्रुगाको सामना गर्दैछ। खेल नेपाली समयानुसार बुधबार राति १२ः४५ बजे शुरु हुनेछ।

सो खेलमा पिएसजीले आक्रामक लाइन अप बनाउने भएको छ। उसले आफ्ना तीन उत्कृष्ट खेलाडी लियोनल मेसी, नेयमार जुनियर र किलिएन एमबाप्पेलाई शुरुवाती अवस्थाबाटै मैदान उतार्ने तयारी गरेको छ।

पिएसजीको सम्भावित लाइनअप

गोलकिपर :

जियन्लुइजी डोन्नारुम्माले पिएसजीको गोलपोष्टको रक्षा गर्ने सम्भावना धेरै छ। उनले लिगमा क्लेरमोन्ट फुटविरुद्ध पिएजसीका लागि डेब्यू गरेका थिए।

डिफेन्स :

मार्क्वीनोस, प्रेस्नेल किमपेम्बे, मेन्डेस र हकिमीले पिएसजीको रक्षापंक्तिमा रहने अनुमान गरिएको छ।

मिडफिल्ड :

डयनीलो, हेरेरा र विज्नाल्डमले मिडफिल्डरका रुपमा खेल्ने सम्भावना छ।

आक्रमण :

मेसी, नेयमार, एमबाप्पे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077